मकवानपुरमा १२१९ जनाले लगाए कोरोनाविरुद्धको खोप

प्रशासन

मकवानपुरमा आज एक हजार दुई सय १९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

उक्त खोप लिनेको स्वास्थ्य अवस्था सामान्य नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूले खोप लगाइसकेका छन्।

गत १४ ४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। 
 

प्रकाशित मिति: : 2021-02-04 20:37:00

प्रतिकृया दिनुहोस्