नेत्री झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई अनेमसंघको ज्ञापन पत्र

अखिल नेपाल महिला संघ (अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

नेत्री झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली र लाई गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।

ज्ञापन पत्रमा झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

नेत्री झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

प्रकाशित मिति: : 2021-02-03 17:26:00

प्रतिकृया दिनुहोस्