नेप्से सूचक २५०० बिन्दुमाथि पुगेर फर्कियो: कारोबार रकम साढे ९ अर्बभन्दा बढी 

नेप्से सूचक भने सामान्य दबाबमा परेको छ । नेप्सेले २५१८ विन्दुसम्म पुगेर गरेर फर्किएको हो । 

विक्रेता हावी हुँदा नेप्से सूचकले बुधबार केही दबाबको सामना गरेको हो । बजार खुल्नेबित्तिकै दोहोरो अंकले बढेको नेप्से २५ सय विन्दुमाथि पुगेको थियो तर यसरी बढेको बजारमा ट्रेडर हावी भएपछि सूचकले दबाबको सामना गर्नुपरेको हो ।

चार कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । नेप्से सूचक ६.८१ अंकले घटेर २४६६.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक भने ०.९२ अंकले बढेको छ।

कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ।

२०२ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा खरिद बिक्री भएको छ।

बुधबार ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति लघुवित्तको ९.९८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ९.९८ प्रतिशत र र महुलि सामुदायिक लघुवित्तको ९.८१ प्रतिशतले बढेको छ।

यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.८६ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ३.५८ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ।

ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै ६० करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण कावेली पावरको ३४ करोड ६० लाख, नेपाल दुरसञ्चार कम्पनीको ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड रुपेयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ। त्यस्तै ८ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन।

प्रकाशित मिति: : 2021-02-03 15:57:00

प्रतिकृया दिनुहोस्