स्कारपियोको ठक्करबाट धनुषामा एकको मृत्यु

विजय साह

जनकपुर

मोटरसाइललाई ठक्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले २ घण्टापछि बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय  ढल्केवरले मोटरसाइकललाई ठक्कर दिएर फरार भएकाे बा १३ च  ८०३८ नम्बरका स्कारपियो गाडी २ घण्टापछि नियन्त्रणमा लिएकाे हाे।   

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ सानो विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा गएराति साढे ८ बजे ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई स्कारपियो गाडी ठक्कर दिइ फरार भएको थियो।

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवारमध्ये एक जनाको मृत्यु भएको छ,भने एक जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईप्रका ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए। 

स्कारपियोको ठक्करबाट मिथिला नगरपालिका वडा नं. बस्ने अन्दाजी बर्ष २० को रोशन लामा र सोही ठाउँका २४ बर्षिय दिपेन्द्र महतो गम्भीर घाइते भएका थिए। 
तत्काल घाइते अवस्थामा प्रहरीले दुबैलाई उपचारका लागि प्रादेशिक अस्पातल जनकपुर पर्याएको थियो। उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ। 
ठक्कर घटनास्थलबाट स्कारपियो गाडि फरार भएपछि अक्रोशित स्थानीयवासीले करिव आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरले राजमार्ग सुचारु गराएकाे छ। 

प्रकाशित मिति: : 2021-02-03 09:54:00

प्रतिकृया दिनुहोस्