नेपालको ओस्कार कलेजले यस वर्ष २४ जना विद्यार्थीलाई छात्रवृतिमा पढाउने घोषणा गरेका छ। कोरोनाको कारण फिल्म अध्ययन गर्न चाहने विद्यार्थीको सपना नरोकियोस् भनेर छात्रवृतिको घोषणा गरेका कलेजले जनाएको छ।
कलेजका अनुसार यो वर्ष २० जना विद्यार्थीलाई ‘कोभिड रिलिफ स्करसीप’ पाउने छन्। ४ जनाले ‘फिल्म एण्ड मिडिया प्रोफेसनल स्करसीप’ पाउने छन्।
कोभिड रिलिफ स्करसीप पाउने २० जनाले अध्ययनको ४ वर्ष अवधिमा सम्म आर्थिक सहयोग पाउने छन्। भने फिल्म एण्ड मिडिया प्रोफेसनल स्करसीप पाउने ४ जनाले पढाई अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।
कलेजले १९ वर्ष देखी नेपालमा फिल्म मेकिङ् पढाउँदै आएको छ। यसअघि पनि विभिन्न शिर्षकमा छात्रवृति दिदै आएको थियो।
फिल्म एण्ड मिडिया स्करसीप भने नयाँ हो। मिडियाकर्मी र फिल्मकर्मी बीच सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले यो छात्रवृतिको सु?वात गरेको कलेजले जनाको छ। जसका लागि मिडिया तथा फिल्ममा ५ वर्ष सम्म सक्रिय ?पमा काम गरेको हुुनुपर्ने छ।