अनलाइन सपिङ 'मुकुन्डो डट कम' सञ्चालन

बिएल संवाददाता

काठमाडाै‌ं

इ–कर्मश अनलाइन सपिङ मुकुन्डो डट कम सोमबारदेखि संचालन गरेको छ। अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले सो अनलाइन सपिङ सुरू गरेका हुन्।

कम्पनीका विजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदुनन्दन भट्टराईका अनुसार ग्राहकलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इकमर्श ‘मुकुन्डो डट कम’ थपिएको हो। 

'मुकुन्डो डट कममा आधिकारिक र राम्रा गुणस्तरका सामान मात्र पाइन्छ, त्यसैले ग्राहकले सामान किनेपछि शतप्रतिशत सन्तुष्ट रहने हाम्रो विश्वास छ' उनले भने। 

उक्त अनलाइनमा सामान किन्दा नेपालका सबै बैंक र विदेशका  बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने बताउदैं इ–सेवा, आइएमइ पे, खल्ती, फोन–पे, प्रभु–पे, सेल–पे, कनेक्ट  आइपिएसबाट पनि सामानहरु किन्न सकिने उनले जानकारी दिए। 

https://mail.google.com/mail/u/0?ui=2&ik=a88968994a&attid=0.1&permmsgid=msg-f:1690562589006788405&th=177615b7bc507735&view=att&disp=safe

चाँडोभन्दा चाँडो डेलिभरी, काठमाडौं उपत्यकामा फ्रि डेलिभरी, इजी रिर्टन, क्यास अन डेलिभरी, रिवार्डस एन्ड लोयल्टी पोइन्स जस्ता सुविधाहरू आफ्ना ग्राहकको लागि मुकुण्डोले ल्याएको छ। ब्रान्ड एम्बेस्डरमा कलाकार स्वस्तिमा खड्कालाई नियुक्त गरिएको छ।
 

प्रकाशित मिति: : 2021-02-02 12:10:00

प्रतिकृया दिनुहोस्