चिनियाँ सरकारले नक्कली भ्याक्सिनविरूद्ध अभियान सुरु गरेको छ। अंग्रेजी टेलिभिजन सीएनएनको एउटा रिपोर्टअनुसार ‘अपरेशन अगेन्स्ट फेक भ्याक्सिन’ अन्तर्गत हालसम्म चीनमा ८० जना पक्राउ परिसकेका छन्
तीन वटा शहर जियाङ्सु, बेइजिङ र सानडोङमा नक्कली भ्याक्सिनको कारण अवस्था गम्भीर छ। यी शहरमा ३ हजार नक्कली डोज फेला परेको थियो।
चिनियाँ सरकारले यसअघि नै स्पस्ट पारिसकेको छ, नक्कली भ्याक्सिन बनाउनेविरूद्ध सरकारले कुनै किसिमको सम्झौंता गर्दैन। सरकार यो कुरामा अति गम्भीर छ।