परिवारमा नै असुरक्षित महिला, पिछडिएको समुदायमा बढी हिंसाका घटना

थाहा खबर

काठमाडाै‌ं

सुजता लिम्बू

विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१२ बर्खीकी आरती साह (नाम परिवर्तन)को विवाह भएको तीन वर्ष भयो। तीन वर्ष बितिसक्दा पनि उनी आमा बन्न सकेकी छैनन्। सन्तान जन्माउन नसकेको भन्दै श्रीमानले मानसिक तथा शारीरक यातना दिनेको गरेको उनले बताइन्। 

स–सानो विषयलाई लिएर श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको उनको दुखेसो छ। श्रीमानको दैनिकको किचलो र कुटपिट सहन नसकेर घरबाट भागेर माइती पुगेकी आरतीले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी छन्।

‘पहिले त ठिकै चल्दै थियो। आजभोलि मैले सन्तान जन्माउन सकिन भनेर धेरै टर्चर दिने गर्नुहुन्छ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘दैनिक जस्तो घर झगडा हुन्छ। प्रहरीकोमा आयो, सम्झाएर लग्यो। केही समय त ठिकै हुन्छ। फेरि उस्तै हुन्छ। अब सँगै बस्न सक्दिन। श्रीमानसँग छुट्टिएर बस्छु।’

यता श्रीमान भने आरतीलाई माया गरेर नै राखेको बताउँछन्। ‘धेरै दिनदेखि कल (तराई भेगमा प्रयोग हुने धारा)मा लुगा थन्किएको थियो। किन नधुएकी भन्दै दुई झापड हानें,’ प्रहरी कार्यालयमा भेटिएका अनिल साह (नाम परिवर्तन)ले भने, ‘भागेर माइत पुगे छिन्।’

यद्यपि, उनीहरुको सन्तान नहुनुमा आरतीको नै स्वास्थ्यमा खराबी रहेको अनिल जिकिर गर्छन्। तर, डाक्टरको भनाई अनुसार आरतीको स्वास्थ्यमा कुनै समस्या नरहेको आरतीकी माइती पक्षको भनाइ छ। 

प्रकाशित मिति: : 2021-02-01 17:50:00

प्रतिकृया दिनुहोस्