बाँकेमा बढे कुष्ठरोगी 

बाँकेमा कुष्ठरोगीहरु बढ्दै गएको एक तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुष्ठरोगीहरु बढ्दै गएको पाइएको हो। 
६८ औँ विश्व कुष्ठरोग दिवसमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको एक तथ्यांकमा रोगको संक्रमण दर बढेको छ। 

आर्थिक वर्ष २०७६०७७ मा बाँकेमा ३३ जना कुष्ठरोगी थिए। त्यो संख्या बढेर चालु आर्थिक वर्ष २०७७÷०७८ को पुस मसान्त सम्म ५३ जना पुगेको छ। 

जुन गत वर्ष भन्दा २० जना बढीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डमा प्रति हजार जना व्यक्तिमध्येबाट १ जना भन्दा बढिमा कुष्ठरोग पुष्टि भएमा त्यो जोखिम हो।

यसरी हेर्दा बाँकेमा वर्षेनी कुष्ठरोगीहरुका बढिरहेका छन्। बाँकेमा कुष्ठरोगीहरुको अवस्थामा खतरापूर्ण अवस्थामा छ। 

स्वास्थ्य कार्यालय बाँकेमा प्रमुख धीरजंग शाहपनि बाँकेमा एक वर्षको अवधिमा २० जना कुष्ठरोगी बढ्नु यहाँको अवस्थामा सकारात्मक छैन भन्ने संकेत भएको बताउँछन्। उनी भन्छन्, ‘बाँकेमा यस विरुद्ध व्यापक जनचेतनाका कार्यक्रम गरिएको छ। 

अहिले मानिसहरु विस्तारै खुल्न थालेका छन्।अहिले संख्या बढेपछि उपचार भने दैनिक भइरशेको छ। उनीहरु कार्यालयको नियमित सम्पर्कमा छ।’ 
उनले जिल्लाका आठ स्थानीय तह मध्ये सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरमा १४ जना रहेको जानकारी दिए। बाँकेमा रोगको संक्रमण दर भने जानकारी गाउँपालिकामा सबै भन्दा बढी रहेको छ।

तथ्यांकका अनुसार जानकीमा प्रतिएक हजार मानिसमा चार जनामा कुष्ठरोगको समस्या रहेको छ। शाहले कोहलपुर नगरपालिका, बैजनाथ र डुडुवा गाउँपालिकामा समान ५–५ जना कुष्ठरोगीका बिरामी रहेको बताए।

यस्तै जानकीमा १०, नरैनापुरमा ७ र खजुरामा ६ जना रहेका छन्। जिल्लाको अहिलेसम्मको तथ्यांक पुस मसान्तसम्मको रहेको उनले जानकारी दिए।
बाँकेमा अघिल्लो आर्थिक वर्षमा ३३ जना कुष्ठरोगी रहेको उनको भनाइ थियो। तर कोहलपुर नगरपालिकामा पालिकागत रुपमा हेर्ने हो भने संक्रमण दर २.२ रहेको पाइएको छ। 

त्यसरी हेर्दा कोहलपुरमा कुल कुष्ठरोगीको संख्या २१ रहेको छ। ५ जना नयाँ थपिएका हुन्। नगर स्वास्थ्य शाखाका प्रमुख डिल्ली राज पोखरेल स्वास्थ्य कार्यालयले नयाँ थपिएकाहरुको मात्रै संख्या सार्वजनिक गरेको बताउँछन्। कोहलपुरमा १६ जना पुराना कुष्ठरोगीहरु थिए।

प्रकाशित मिति: : 2021-02-01 17:25:00

प्रतिकृया दिनुहोस्