एम्बुसमा परी छ आतङ्ककारी मारिए

एजेन्सी
एजेन्सी

अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती  गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनु भएको छ। 
 लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको बताइएको छ।

बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गर्ने योजना गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको जनाइएको छ ।  यस एम्बुस आक्रमणमा परी सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी नगरेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-02-01 14:21:00

प्रतिकृया दिनुहोस्