सुभानु आचार्य
कुष्ठरोग रोग उपचारमा ६५ वर्ष अघिदेखि सेवा गर्दै आएको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालमा कोभिड महामारीका कारण कुष्ठरोगीको सङख्यामा कमी आएको छ।
चालू आर्थिक वर्ष २०७६/७७ मा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या दुई हजार ४४ रहेकोमा गत आव २०७५/७६ मा दुई हजार ९२१ रहेको जनाइएको छ। अस्पतालका मेडिकल निर्देशक डा महेश शाहले गत १० महिना अघि मुलुकमा फैलिएको कोरोना महामारीका कारण अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीको सङ्ख्यामाी कमी आएको छ।
यसैगरी अस्पतालमा बहिरङग सेवा लिन आउने पनि आधानै घटेका थिए। यसवर्ष मात्र तीन हजार ६५० ले सो सेवा लिए भने गत आवमा छ हजार १६३ ले लिए। राष्ट्रियस्तरमा नयाँ बिरामीमा यस आवमा एक हजार ८५३ ले उपचार गरे। गत आवमा भने तीन हजार २८२ ले सेवा लिएका थिए। दि लेप्रोसी मिसन नेपालका तालीम संयोजक गोपाल पोखरेलले अस्पतालले कोरोना कहरको समयमा कूल २९८ कुष्ठ प्रभावितको निःशुल्क उपचार सेवा दिएको बताए।
उनले भने, '७२ कुष्ठरोग प्रभावितलाई अस्पताल क्वारेन्टिनमा राखी उपचार सेवा दिएकोमा १७ को नतिजा पोजेटिभ आयो।' कूल २९८ कुष्ठरोग प्रभावितमध्यकै अर्का २२६ को ललितपुर महानगरपालिका–२१ खोकनामा गई स्वाब सङ्कलन गर्दा त्यसमा १२ को नतिजा पोजेटिभ आई एकको मृृत्युसमेत भएको पोखरेलले जानकारी गराए। रासस