चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए

चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ। चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन्।
 
चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन्। उनीहरुकाअनुसार शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ।चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए। चीनको नेशनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ। यहाँका स्थानीय नागरिकहरुबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन्।
 
सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ। साथै चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ।शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन्। यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ।
 
चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ। शुक्रबार भेटिएकामा हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन्। सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो।
 

प्रकाशित मिति: : 2021-01-30 14:24:00

प्रतिकृया दिनुहोस्