पञ्चायतकालमै जनपक्षीय उम्मेदवारहरूले लोकप्रिय बनाएका थिए सूर्य चिह्न

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, माघ १७ : संघीय र सातमध्ये ६ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा विभाजित भएपछि चुनाव चिह्न सूर्य कसले पाउने भन्ने विवाद पेचिलो बनेको छ । प्रधानमन्त्री केपी ओली समूहले सूर्य चिह्न आफूले पाउने दाबी गरिरहेको छ।

यस्तै, पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले सूर्य चिह्न आफ्नो समूहले पाउनुपर्ने दाबीसहित १० पुसमै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइसकेको छ।

२०४८ सालको निर्वाचनदेखि तत्कालीन एमालेले निरन्तर सूर्य चिह्नमा चुनाव लड्दै आएको छ। यो चिह्न तत्कालीन एमालेको ‘ब्रान्ड’ बनिसकेको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्का लागि भएका निर्वाचनमा पनि एमाले यही चिह्नका साथ सहभागी भएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गठित नेपाल कम्युनिस्ट (नेकपा)लाई २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचन आयोगले सूर्य चिह्न प्रदान गरेको थियो।

तत्कालीन एमालेले सूर्य चिह्न रोज्नुको इतिहास कम रोचक छैन । प्रचण्ड-नेपाल समूहमा खुलेका नेता मुकुन्द न्यौपाने भन्छन्, ‘सूर्य चिह्न कम्युनिस्ट पार्टीमा विश्वास गर्ने आम जनमानसको भावनासँग जोडिएको छ।’

उनका अनुसार तत्कालीन नेकपा (माले)ले ०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनलाई उपयोग गर्ने नीति लियो। सोहीअनुसार ६ जना राष्ट्रिय पञ्चायत सदस्यका लागि जनपक्षीय उम्मेदवार बने।

प्रकाशित मिति: : 2021-01-30 13:50:00

प्रतिकृया दिनुहोस्