बोली मिठो, मुस्कान हँसिलो
मनको कुरा कसले बुझ्ने...
बिहानीमा हँसिलो मुस्कान ल्याउनु पर्ने
राती हुँदा आँखाभरी गंगा बग्छन्...
सारमा म तिम्रो आफ्नो हुँ भन्ने धेरै हुँदा रहेछन्...
तर आफ्नो भन्ने चै कोहि नहुने रहेछन्...
भन्छन् मन्दिर जाँदा शान्ति मिल्छ
तर मनको शान्ति कतै पाइएन...
निष्ठुरीको माया पनि कस्तो
न त पाउन सक्यो, न त बिर्सीन सक्यो...
मेरो मनको हालत नबुझी जाने तिमी
तिमीलाई एकदिन घात पर्नेछ...
तिमीले सोच्यौ होला म टुट्छु भनी
तर म तिमीले सोचे जस्तो मान्छे होइन...
तिमी न भएनी मेरा इष्ट मित्र धेरै छन्
जो मेरो सुखमा पनि, दु मा पनि
साथ दिने मेरा मातापिता छन्...
मैले गरेको प्रेम तिमीले बुझ्यौ- बुझेनौ
मेरो बारेमा कसैसँग सोध्यौ- सोधेनौ
जसरी म भिडमा हुँदा, एकान्तमा तिमीलाई सम्झिन्छु
तर तिमी कहिलै एक्लो हुनु नपरोस्
मैले पाएको पिडा तिमीले नपाउनु है...!