सीमित शब्दमार्फत् कोरोना अवधिभरिको वर्णन गर्न साध्य छैन। यद्यपि विपत्ति भोगाइका केही परिदृश्यहरु पस्किने सानो प्रयास गरिएको छ। कोरोना कालमा अन्य क्षेत्रहरुका साथै सञ्चारजगत् पनि प्रभावित थियो। वीरगञ्जमा प्रथमतः कोरोना सङ्क्रमित पुष्टि भएपछि जनजीवन निकै तनावग्रस्त भएको थियो।
नयाँदिल्लीको जमातीबाट नेपाल आएका दुई भारतीय नागरिक र एक नेपालीसहित तीन जना सङ्क्रमित फेला परेपछि वीरगञ्ज त्रसित भयो। त्यति बेला भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको थियो।
भारतीय सीमानजिक भएकोले वीरगञ्ज आसपासका नागरिक भयभित थिए। यस भेगमा काम गरिरहेका सञ्चारकर्मीहरुको अवस्था अत्यन्तै चुनौतीपूर्ण थियो। जनसमुदाय त्रसित थियो। त्यति बेलासम्म कोरोना महाव्याधिको औषधिको विकास भई नसकेकोेले जनमानसमा त्रास उत्पन्न हुनु स्वभाविक थियो।
वीरगञ्जमा दुई जना सञ्चारकर्मी सङ्क्रमित भएपछि वातावरण झन् भयग्रस्त भयो। पत्रकारको लागि सामाचार सङ्कलन गर्ने काम अत्यन्तै जोखिमयुक्त थियो। ‘विषम परिस्थतिमा सञ्चारक्षेत्रको भूमिका र उत्तरदायित्व अझ थप हुन्छ’, प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश (शर्मा) अंकल पटक–पटक भन्नुहुन्छ।
आरम्भकालदेखि हालसम्म कठिन परिस्थितिमा पनि प्रतीक दैनिकको प्रकाशन र पत्रिका वितरणको कार्य कहिल्यै बन्द भएन। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, दश वर्षे माओवादी द्वन्दकाल, मधेश आन्दोलन, ०७२ सालको भूइ“चालो, पर्सा–बारामा आएको हुण्डरी (टोरनाडो) लगायतका विभिन्न प्रतिकूल परिस्थितमा पनि कर्तव्य निरन्तर निर्वाह हु“दै आयो। तर, विगतको विपत्तिभन्दा कोरोनाकालले पृथक अनुभूति गराएकोे छ।
एकलाई अर्कोस“ग डर थियो र छ पनि। कोरोनाकालमा रतिभरको असावधानीले आफैँ सङ्क्रमित हुने खतरा थियो। आफू सङ्क्रमित भएर पत्ता लाग्दासम्म परिवार र आफ्नो सम्पर्कमा आएका व्यक्ति पनि सङ्क्रमित हुने डर पनि उत्तिकै थियो। त्यस कारण सञ्चारकर्मीहरुमा मानसिक त्रास व्याप्त थियो।
पेशागत कर्तव्य र मानसिक त्रासबीच पत्रिका प्रकाशनको निरन्तरता कम चुनौतीपूर्ण थिएन। यद्यपि विश्वव्यापी कोरोनाकालीन विषम परिस्थितिमा पनि सावधानीपूर्वक काम गर्दै प्रतीक दैनिक जनसेवामा लागिरह्यो। छपाइसम्बन्धी कागज लगायतको आवश्यक सामग्रीको अभावमा ६ पेजको पत्रिकालाई ४ पेजमा सीमित गर्नुको विकल्प थिएन।
मानवीय चहलपहच घरभित्र सीमित भयो। त्यसैले पत्रिकाको छपाइ सङ्ख्यात्मक रुपमा सामान्य अवस्थाको तुलनामा कम गर्नु बाध्यता थियो। यद्यपि पत्रिका छाप्ने कार्य कहिल्यै रुकेन। सावधानीपूर्वक प्रतिदिन काम हुन्थ्यो। त्रासयुक्त वातावरणको कारण पत्रिका वितरण गर्ने सहकर्मीहरु पनि घरमा बस्न बाध्य भए।
नित्तान्त आवश्यक कर्मचारी मात्र प्रतीकको कार्यालयमा आउ“थे। सेनिटाइजर, पञ्जा, मास्क र साबुनपानीले हात धुने प्रक्रिया अनिवार्य गरिएको थियो। कार्यालयको ढोका खोल्नेबित्तिकै विकास दाइको आवाज कानसम्म आइपुग्थ्यो, ‘साबुन–पानीले हात धोएर र हातमा सेनिटाइजर लगाउन नबिर्सनू है !” यो शब्द उहाँले सधैँ दोहोर्याउनुहुन्थ्यो।
कार्यालयमा अग्रज÷सहकर्मीहरु सम्पादक विकास (शर्मा), शत्रुध्न (नेपाल), प्रताप (श्रेष्ठ), सामाचार सम्पादक आरके पटेल, सम्वाददाता राधेश्याम पटेल, कम्युटर प्राविधिक मुकेश बस्नेत र म उपस्थित हुन्थ्यौँ। छपाइ कार्यको लागि सीमित कर्मचारी आउ“थे।
लगभग बिहान ११ बजेदेखि काम सुरु हुन्थ्यो। बेलुका ५ बजे काम सकाउनुपर्ने बाध्यता थियो। त्यसपछि एकातर्फ पत्रिका छपाइको कार्य आरम्भ हुन्थ्यो भने अर्कोतर्फ आनलाइनमा सामाचार अपडेट गर्ने काम हुन्थ्यो। पत्रिका छापिइसकेपछि हामी सबैले पत्रिका लिएर घरको लागि प्रस्थान गथ्यौँ।
गत वर्ष माघ १ गते मकर सङ्क्रान्ति र १६ गते सरस्वती पूजा मनाइरह“दा उत्तरी छिमेकी मुलुक चीनमा कोभिड–१९ ले आतङ्क मच्चाइरहेको थियोे।
यता नेपालमा भने ‘भ्रमण वर्ष २०२०’ को माहोल थियो। केही हप्ताभित्र संसारको अन्य मुलुकहरुमा कोभिड–१९ पुगिसकेको थियो।
छिमेकी मुलुक भारतमा समेत कोरोकाको उदय भइसकेपछि नेपालमा पनि सतर्कतासम्बन्धी सूचना प्रसारित हुन थालेको थियो। फागु पर्व मनाइरह“दासम्म देशमा लकडाउनको परिस्थिति उत्पन्न होला भन्ने अनुभूति कसैलाई थिएन।
अन्ततः नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण फैलिन थाल्यो। लकडाउन र निषेधाज्ञाको विकल्प थिएन। प्रहरी प्रशासन भीडभाड नहोस् र कोरोनाको जोखिम नहोस् भन्ने कुरामा सचेत थियो। प्रहरीलाई घरपरिवारको चिन्ता हु“दाहु“दै पनि कत्र्तव्य निर्वाह गर्नुपर्ने बाध्यता थियो।
अर्कोतर्फ, सामान्यजन कोरोनाबाट मर्ने कि भोकबाट भन्ने चिन्तामा थिए। बच्चालाई दूध चाहिएकोे थियो। रोगीलाई औषधि चाहिएको थियो। यस्तो अवस्थामा पीडितको आवाज नियामक निकाय र जनमन समक्ष पु¥याउने काममा सत्तर्कता अपनाउ“दै प्रतीक दैनिक अघि बढिरहेको थियो।
सहकर्मी प्रताप दाइको लकडाउन अनुभव यस्तो छ– उनी प्रत्येक दिन पत्रिका लिएर जान्थे। वीरगञ्जको मुडलीचोकदेखि उनी आफ्नो निवास श्रीपुर जा“दा पाठकलाई बा“डदाबा“डदै थोरै पत्रिका बँच्दथ्यो। बँचेको पत्रिका टोल–छिमेकी लिन आउ“थे। दूरसञ्चारको क्षेत्रीय कार्यालय, श्रीपुरको उत्तरतर्फको गल्लीको एक सम्झना छ उनीस“ग।
उनले सुनाए, ‘चिनजानका एक साथीलाई पत्रिका दिइरहदा अर्का अपरिचित एक अधवैंशे पुरुष एकसरो मेरो हातमा हेरिरहेका थिए। पत्रिकातर्फ उनको ध्यान थियो जस्तो लागेको थियो। मलाई लाग्यो– उनी पत्रिका लिन चाहन्छन्, मैले एउटा पत्रिका उनीतर्फ बढाएँ। उनले पत्रिका हातले छोएनन् र फर्केर जान थाले।’
एक अर्को रोचक प्रसङ्ग पनि सुनाए। एक ई–रिक्सा चालक थिए। उनको व्यवसाय बन्द भइसकेको थियो। त्यसैले उनी तरकारी बेच्न थालेका थिए। एकपटक तीन÷चारवटा पत्रिका तरकारी पसलेलाई उनले दिए। त्यसपछि नियमित दिन थाले। एक दिन अर्को बाटो गएकाले पत्रिका दिन सकेनन्। भोलिपल्ट पसलेले गुनासो पोखे, ‘धेरै जनाले पत्रिकाको लागि तरकारी खरिद गर्न आउ“दा रहेछन्, कृपया दिनहुँ दिनुहोस्।’
प्रतीक का सम्पादक शत्रुध्न नेपालकोे निवास रहेको वीमनप–२, छपकैया ‘सिल’ भएपछि उनी घरबाट नै काम गरिरहेका थिए। आजसम्मको पत्रकारितामा विभिन्न प्रकृतिका आरोह–अवरोह पार गरेको अनुभव छ उनीस“ग। उनी भन्छन्, ‘कोरोनाकालीन समयले मानवजीवनलाई घरभित्र त थन्काई नै दिएको थियो। यद्यपि यो परिस्थितिले जनमानसलाई र सरकारलाई पनि धेरै कुरा सिकाएको छ। प्रकोप कहिले आउ“छ ,कसैलाई थाहा हु“दैन तर भविष्यको बारेमा सचेत हुनुपर्छ भन्ने कुरा सिकाएको छ।
आरके पटेलले भने, ‘लकडाउनको समयावधिमा सामाचार सङ्कलनको कार्य धेरै जटिल थियो। यो जीवनको पहिलो अनुभव पनि हो। गाउँघरका पुरनियाहरु हैजा र भूकम्पलगायतका प्रकोपहरुको बारेमा सुन्दा कथाझैं लाग्थ्यो। तर, आफ्नै जीवनकालमा पीडादायी क्षण महसुस गर्न पाइयो। फिल्डमा जा“दा डर लाग्थ्यो स यस्तो विपत्ति अब फेरि नदोहोरियोस्।’
घण्टाघरस्थित ‘सङ्गीता मेडिकल हल’का सञ्चालक प्रदीप साह लकडाउनको अवधिभरि आफ्नो पसलबाट प्रतीक दैनिक वितरण गरिरहेका थिए। सा“झपख म पत्रिका उनलाई दिन्थे। उनले भने, ‘बिहान औषधि किन्न आउने ग्राहक काउण्टरमा रहेको पत्रिका एउटा दिनुस् भन्थे। दिएपछि पैसा दिन्थे। पैसा लाग्दैन भनेपछि आश्चर्य मान्थे। औषधिस“गै निःशुल्क पत्रिका पाएर खुशी हुन्थे। कतिपय यस्ता ग्राहक थिए, जसलाई यहाँ पत्रिका पाइन्छ भन्ने जानकारी भइसकेको थियो। उनीहरु नित्य पत्रिकाका लागि आउँथे।”
गीतामन्दिरमा रहेको दूध पसलका सञ्चालक झाजीले एक प्रसङ्ग सुनाए। बिहान दूध किन्न आउने ग्राहक निःशुल्क पत्रिका पाएर खुशी हुन्थे। एक दिन बिहान दूध लिन आएका वृद्धले सधैँझैँ दुई पाकेट दूध लिए। काउन्टरमा पत्रिका देखेनन्। ‘पत्रिका आएन ?’, उनले सोधे।
उनले भने, ‘सधैँ बेलुकी आइहाल्ने पत्रिका खोई आज ? अहिलेसम्म किन आएन।’
म बिहान करिब ८ बजे पत्रिका दिन गएको थिएँ। उनी परबाट मलाई हेर्दै हा“सिरहेका थिए। म नजिक पुगेपछि उनले गुनासो पोखे, ‘बिहानदेखि एक वृद्ध तेस्रो पटक आएर अहिले भर्खरै फर्किए। उनी मेरा पहिलेदेखि ग्राहक होइनन्। पत्रिका आएदेखि मेरो पसलको ग्राहक बनेका हुन्।’
मेनरोड गीतामन्दिर निवासी सन्तोष रौनियार र फ्रेस कोल्ड स्टोरका सञ्चालक सुमन नेवाः लकडाउनको असहज परिस्थितिमा प्रतिदिन प्रतीक दैनिकमार्फत् सामाचार पढेको बताए ।
कोरोनाको भयले मानिसलाई एकबाट अर्को ठाउँमा जान मुश्किल थियो। अपवादबाहेक सुनसान सडकमा उभिइरहेका प्रहरीहरु रुचिपूर्वक पत्रिका लिन्थे। अहोरात्र ड्युटीमा खटिइरहेका प्रहरीहरु पत्रिकामार्फत् ताजा सामाचार पढेर खुशी त हुन्थे नै, केही समयको लागि पत्रिका साथी जस्तै छ, भन्थे।
कसैले कोरोना सङ्क्रमित भएर जीवन गुमाए। अन्य दीर्घरोगीहरुमध्ये कतिले उपचार नपाएर मृत्युवरण गरे।
एकातर्फ केही पात्रहरुको लागि कोरोना काल कमाई खाने भा“डोको रुपमा थियो। अर्कोतर्फ किसान, चिकित्सक, विद्यार्थी, व्यापारी र गरीब तथा विपन्न वर्ग सास्ती खेप्न बाध्य थिए। कोरोना कालको पीडादायी अवस्था थोरै शब्दमा बयान गर्न कठिन छ।
(मिश्रा वीरगञ्जस्थित प्रतीक दैनिकमा कार्यरत पत्रकार हुन्।)