पत्रकार सरदेसाइलाई इन्डिया टुडेले गर्‍यो कारबाही

भारतीय न्युज च्यानल इन्डिया टुडेमा कार्यरत ‘कन्सल्टिङ एडिटर’ राजदीप सरदेसाइ कारबाहीमा परेका छन्।

दिल्लीमा जारी किसान आन्दोलनका क्रममा मृत्यु भएका किसानको सम्बन्धमा गलत रिपोर्टिङ गरेको भन्दै, उनलाई इन्डिया टुडेले कारबाही गरेको हाे। 

टुडेमा सरदेसाइलाई दुई सातासम्म ‘अन एयर’ हुनबाट रोक लगाउने निर्णय गरेको छ, भने एक महिनाको तलबसमेत काटेको छ।

भारतीय गणतन्त्र दिवसका दिन आन्दोलनको क्रममा प्रहरीको गोली लागेर किसान नवनीत सिंहको निधन भएको बारे भ्रमपूर्ण रिपोर्टिङ गरेका थिए।

प्रहरीले सार्वजनिक गरेको भिडियो अनुसार ती किसान ट्याक्टर पल्टिदा च्यापिएर मृत्यु भएको देखिन्छ।

प्रकाशित मिति: : 2021-01-29 17:30:00

प्रतिकृया दिनुहोस्