भक्तपुरमा घर बनाउँदै गर्दा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।
गएकाे माघ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ ठिमी कुण्डोलमा पक्की घर बनाउँदै गर्दा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भएका ४० वर्षीय प्रेम मगर घाइते भएका थिए।
घाइते मगरकाे मध्यपुर ठिमी भक्तपुर अस्पतालमा उपचार भइरहेकाे थियाे। उपचारकै उपचारकै क्रममा मगरकाे बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।