गृहमन्त्री बादल र अमेरिकी राजदुत बेरी भेटवार्ता 

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन्। 
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले अमेरिकाकाे राष्ट्रपतिमा जाे बाइडेन  निर्वाचित भएकाेमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालकाे शुभकामना दिँदै  बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरेका छन्। 
उनले नेपालले हिँजाेबाट काेराेना विरुद्धको खाेप अभियान सुरु भएकाे जानकारीदिँदै अमेरिकाबाट समेत नेपालले खाेप सहयाेग पाउने अपेक्षा राखेको बताए। 
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे।  
अर्को प्रसंगमा गृहमन्त्री थापाले सरकारले बैशाखमा निर्वाचन घाेषणा गरेकाे जानकारी दिँदै सबै पार्टीहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे।

भेटमा राजदुत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनकाे कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरे। 
उनले राष्ट्रपति बाइडेनकाे प्राथमिकताबारे चर्चा गर्दै नेपालकाे लाेकतन्त्र, मानवअधिकार,  जलवायु परिवर्तन लगायतको क्षेत्रमा अमेरिकाकाे सहयाेग जारी रहने बताए। 
 अमेरिकाले उत्पादन गरेकाे काेराेना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदुत बेरीले बताए। 

प्रकाशित मिति: : 2021-01-28 18:54:00

प्रतिकृया दिनुहोस्