महिलाहरुको सुन्दरता राम्रो अनुहार र कपालले खुलाउने गर्छ। अनुहारलाई अझ सुन्दर बनाउन महिलाहरु मेकअपको प्रयोग गर्ने गर्छन। मेकअप गर्नको लागि चाहे धेरै पैसा र समय किन खर्च नहोस उनीहरु यसको लागि तयार हुन्छन। महिलाहरुले घन्टौ लगाएर ध्यान दिएर मेकअप गरेता पनि सुत्ने बेला त्यसलाई सफा गर्न भनेमा भने खासै ध्यान दिदैनन्। अनुहारको सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ त्यसलाई हटाउन पनि त्यति नै आवश्यक हुन्छ । यसलाई हटाउने पनि तरिका हुने गर्छ। गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई मात्र असर गर्दैन् कैयौं छालासम्बन्धि समस्या पनि निम्त्याउने गर्छ। प्रायजसो युवतीहरू आफूलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महँगा मेकअप लगाउने गर्छन् तर तिनै युवतीहरु मध्ये कोहि यस्ता हुन्छन जो सुत्ने बेला पनि आफ्नो मेकअप सफा गर्दैन् जुन कुरा अनुहार को छालाको लागि हानिकारक छ।
छालालाई कसरी असर पु¥याउदैँ छ?
अनुहारमा मेकअप लगाएर सुत्दा छालाका छिद्र राति बन्द रहने गर्छ। त्यसबाट छालाका छिद्रहरुमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन सक्दैन। त्यसका कारण छालामा स-साना प्वाँल पर्ने गर्छन्। यस्ले गर्दा छालामा जलन बढाउनका साथै डण्डिफोर तथा काला धब्बाहरू पनि आउने गर्छ। अनुहारको मेकअपलाई बेस्सरी रगडेर हटाउँदा अनुहारका छाला कडा हुने तथा खस्रो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ। मेकअप सफा नगरी सुत्नाका कारण छालाले चिल्लो र धुलो जम्मा पार्नका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन। जसले गर्दा छाला चाउरी पर्नेजस्ता समस्या देखापर्छ। चिकित्सकहरुको अनुसार अनुहारको मेकअप निकाल्नको लागि जहिले पनि अल्कोहलपछि क्लिंजर तथा नन सोपी मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ। कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर विस्तारै पुछेर अनुहारमा लगाएको फाउन्डेसनका साथै अनुहारको मेकअप हटाउन सकिन्छ। त्यसबाट अनुहार राम्ररी सफा हुन्छ। साथै अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरले अनुहारलाई हानी पुर्याउँदैन् र अनुहारको प्राकृतिक चमक कायम राख्न मद्धत गर्छ। मेकअप हटाउदा आई मेकअप, लिपिस्टिक र मास्कारा र ओठको मेकअप हटाउन बिशेष ध्यान दिनुपर्ने हुन्छ। यसका साथै मोइस्चराइजर क्रिम लगाउन जरुरी छ ताकि अनुहार सुख्खा नहोस्।