भारतीय मिडिया 'रिपब्लिक टेलिभिजन'का प्रधान सम्पादक अर्णव गोस्वामीविरुद्व मुम्बई प्रहरीका विभिन्न विभागमा उजुरी दर्ता भएको छ। उनलाई कारबाहीको माग गर्दै मुम्बईका ९४ प्रहरी विभागमा निवेदन गरेको बताइएको छ।
कान्दिवलीको समता नगर प्रहरी स्टेशनमा पत्रकार गोस्वामीविरुद्ध कांग्रेस पार्टीका नेताहरुले गिरफ्तारीको माग गर्दै उजुरी दिएका छन्। उनलाई कांग्रेससँगै थ्रुपै संस्था तथा व्यक्तिले कारबाहीको माग गरे।
मुम्बई प्रहरीका अनुसार, उनकै टेलिभिजनमा कार्यरत एङ्करविरुद्ध समेत निर्मलनगर वान्द्रा प्रहरी स्टेशनमा उजुरी परेको छ।
पत्रकार गोस्वामीले पूर्वबिएआर सीईओ पार्थो दास गुप्तासँग सामाजिक सञ्जाल ह्वट्स्–एपमा गरेको कुराकानीका बारेमा समेत अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको छ।
गोस्वामीले गुप्तालाई बालाकोटमा भारतीय वायुसेनाले सन् २०१९ मा गरेको हवाई हमलाबारे गोप्य सूचना चुहाएका थिए।