जो लकडाउनपछि तरकारी किन्न बजार गएकी छैनन्

भगवती पाण्डे

कोरोना महामारीको ११ महिनामा धेरै नेपाली रोजगारविहीन भए। कतिपयका व्यापार व्यवसाय बन्द भए।

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीलाई भने लकडाउनले तरकारीमा आत्मनिर्भर हुने सीप सिकाइदिएको छ। उनलाई कौसी खेतीमार्फत् कृषक बनाइदिएको छ।

गुल्मीको चोरकाटेबाट ५ वर्षअघि रुपन्देही झरेकी सावित्राका श्रीमान रोजगारीको लागि दुबईमा छन्। एक छोरा र एक छोरीको पालनपोषण र पठनपाठनको रेखदेखसँगै सावित्राले फेन्सी पसल चलाएकी थिइन्। संयोग नै मान्नुपर्ला नेपालमा कोरोना संक्रमण भित्रिनुपहिले नै उनले पसल बिक्री गरिसकेकी थिइन्।

पसल बिक्री गरेलगत्तै कोरोना नियन्त्रणका लागि भन्दै देशभर लकडाउन गरियो। साँझ-बिहान छोराछोरीको हेरचाह र दिउँसो पसलमा व्यस्त रहने सावित्रालाई दिनभरि घरमै बस्दा समय बिताउन गाह्रो भइरहेको थियो। लकडाउनले विद्यालय बन्द भएपछि छोराछोरीलाई विद्यालय पठाउन,  ड्रेस धुन र गृहकार्य लेखाउन बित्ने समय पनि बचत हुन थाल्यो।

सुरूका केही दिन टेलिभिजन र मोबाइलमा बिताएकी सावित्राले लकडाउनको सदुपयोग गर्दै तरकारी खेती गर्ने योजना बनाउन थालिन्। रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमामा जग्गा किनेर तरकारी खेती गर्नु महंगो पर्थ्यो। श्रीमानले विदेशमा बगाएको पसिनाको कमाइबाट किनेको १० धुर घडेरीमा घर बनाएकी थिइन्। गाडी पार्किङ र दुई-चार वटा फलफूलका बिरूवा लगाउन सानो बगैंचा बनाएकी भए पनि तरकारी खेतीका लागि उनीसँग जग्गा थिएन।

प्रकाशित मिति: : 2021-01-27 11:32:00

प्रतिकृया दिनुहोस्