आर्थिक संकटमा संरक्षित क्षेत्र: कर्मचारी आधा, संरक्षणका काम ठप्प

युवराज श्रेष्ठ

गएको मंसिरको अन्तिम साता संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘नेपालले संरक्षित क्षेत्र २३ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत पुर्‍याउँछ।’

प्रधानमन्त्री ओलीले संरक्षित क्षेत्र बढाउने घोषणा विश्व समुदायमाझ गरिरहँदा अहिले भइरहेका संरक्षित क्षेत्र भने चल्नै नसक्ने अवस्थामा आइपुगेका छन्।

‘सरकारले अन्तर्राष्ट्रिय समुदायमा एउटा प्रतिवद्धता जाहेर गर्छ, यहाँको वास्तविकता अर्कै हुन्छ’, अन्नपूर्ण संरक्षण क्षेत्रका एक अधिकारीले भने।

कोरोना भाइरसको महामारीमा परेका संरक्षित क्षेत्र अहिले आर्थिक संकटसँग जुधिरहेका छन्। विश्वभर चर्चा र ख्यति कमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) यसैको एउटा उदाहरण हो। एक्याप अहिले संरक्षणका कार्यक्रम र नियमित गतिविधि अघि बढाउन नसक्ने गरी आर्थिक संकटमा परेको छ। 

प्रकाशित मिति: : 2021-01-26 13:45:00

प्रतिकृया दिनुहोस्