ओबिसीको महाधिवेशन सम्पन्न

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जनकपुर उघोग बाणिज्य संघमा शनिबारबाट सुरु ओबिसीको राष्ट्रिय महाधिवेशन सोमबार पत्रकार सम्मेलन गरि समापन भएको हो। 

महाधिवेशनले राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित ४५ सदस्य केन्द्रिय पदाधिकारी चयन गरेको छ। 

चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरेको छ। 

महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायतका एजेण्डा तय गरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुगेको पत्रकार सम्मेलनमा बताएका छन्।

महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ। 

महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाका गरि २ सय ५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता थियो भने पर्येवक्षक आमाणत्रित गरि लगभग ५ सयबढीको संख्या सहभागिता रहेको अध्यक्ष महतोले बताए

प्रकाशित मिति: : 2021-01-25 14:27:00

प्रतिकृया दिनुहोस्