कालिकोटमा गृहमन्त्री बादललाई कालो झण्डा र कालै बेलुन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालिकोटमा कालो झण्डा र कालो बेलुन देखाइएको छ। 

सोमबार केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापालाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन्।

उनी आएको हेलिकप्टर कालिकोटमा ‘ल्याण्ड’ नगर्दै अर्को पक्षका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन्। 

करिव १५ मिनेटपछि कालो झण्डा र कालो बेलुन सुरक्षा निकायले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2021-01-25 14:08:00

प्रतिकृया दिनुहोस्