केशवराज पौडेल
अर्थतन्त्रमा कोरोनाको कारणले अन्यौल थियो, यसले अर्थतन्त्र मात्रै नभएर समग्र आर्थिक (सामाजिक क्रियाकलाप ठप्प भएको थियो । लकडाउनको २१ हप्तासम्म ‘फ्रिज’ भएका क्षेत्र क्रमशः खुल्दै गएको पाइएको छ । चैत्र ११ देखिको १७ हप्ताको लामो लकडाउन अनि त्यसपछि चार हप्ते सटडाउनले नेपालको समग्र आर्थिक क्षेत्रलाई प्रभावित बनायो । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक अर्थविद् डा.रेशम थापा यो लकडाउन र सटडाउनको २१ हप्तासम्म धेरै आर्थिक क्षेत्र ‘स्थिर’ रहेको बताउनुहुन्छ ।
सेकेण्ड–सेकेण्डमा चलायमान भइरहने यातायातदेखि दैनिक रुपमा संचालन हुने बिद्यालय बन्द भए । ‘यो २१ हप्ता अवसर र चुनौतीको संगम’हो । राष्ट्रिय आय मापनका चरहरुमा ठ्याक्कै देखिने गरि तंथ्याङ्ग उपलब्ध नभएकाले गुगल मोबिलिटी डाटालाई हेरेर केही निक्र्यौल गरियो ।
गुगलले राखेको सूचनाका आधारमा नागरिकको क्रियाकलाप कुन कुन क्षेत्रमा घट्यो र कुन कुन क्षेत्रमा बढ्यो भनेर हेर्न थालियो । यसरी हेर्दासमय क्रममा गाउँदेखि शहरसम्मका आर्थिक र मानवीय गतिविधि चलायमान भए । यसले आशाको सिर्जना गरायो । कुनै समय लकडाउनको सुरुवाती दिनमा माइनस ७० प्रतिशतसम्म पुगेको समग्र आर्थिक क्रियाकलाप पुरानै लयमा फर्कन खोज्नुले नेपालले कोरोनाले सिर्जित समस्याबाट रिकभर हुन खोजेको पुष्टि गर्न थाल्यो ।
कोरोना अघि र पछिको गुगल डाटाले घरायसी सरसामानको खरिद औषधिजन्य क्रियाकलाप नेपालमा विस्तारै लकडाउनमा फर्कन खोजिरहेको देखाएको उहाँको विश्लेषण छ ।