जनकपुरधाम उपमहानगरपालिका–२१ का ५७२ जनालाई आज जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ ।
उपमहानगरपालिकाको कुर्थामा आज आयोजित समारोहमा उपस्थिति जनाउदै नगर प्रमुख लालकिशोर साहले उनीहरुलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेका हुन्।
वितरण गरिएका जग्गाको नापी कार्य १० वर्षअघि नै भएकोमा स्थानीय विवादका कारण वितरण कार्य अन्योलमा परेको थियो।
ग्रामीण भेगमा इन्च–इन्चको विवाद हुने गरेका कारण जग्गाधनी प्रमाण पत्र वितरण कार्य प्रभावित भएको चर्चा गर्दै उनले भने, 'सामान्य विवाद त्यागी उदार बन्नु आवश्यक छ।'