वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत

वीरगञ्ज महानगरपालिका १ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ।

बालिकाका बुवा र नेहाल साथी हुन्। शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका अनुसार मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2021-01-24 11:29:00

प्रतिकृया दिनुहोस्