आज एकाबिहानै म त्यो कुहिरोले ढप्पक
ढाकेको वनमा आफ्नै सुरमा हिड्दै थिए
मेरा साह्रा पिडालाई त्यही वनको हावामा
उडाउदै थिए।
त्यही बेला एउटा चरा भूर्र उडेर आयो ।
अनि विरही भाकामा एउटा गीत गायो ।
अनि मलाई झल्यास्स याद आयो।
म गरिब हो।
मेरो च्यातिएको वस्त्र बाट थाहा हुन्छ म गरीब हो।
मेरो चप्पल बिहिन खाली खुट्टा बाट थाहा हुन्छ म
गरीब हो।
मेरो घरको चुहिने छानोबाट थाहा हुन्छ म गरीब हो
अनि मैले दुःख गरेर कमाएको
एक मानोबाट थाहा हुन्छ म गरीब हो।
तर पनि मान्छेहरु मलाई सोध्छन आखिर तिमी
को हौं?
अनि म सजिलोसँग जवाफ दिन्छु
महोदय म गरीब हो।
अस्ति साहुको घरमा काम गर्न जाँदा
खाटमाथि कुकुर बसेको रहेछ
मान्छेलाई दलान पनि टेक्न नदिने मान्छेको घरको
खाटमा कुकुर बसेको देखि अच्चम्म लाग्यो।
फोहोर पार्छ भनेर कुकुर धपाए।
तर ,कुकुर
धपाउनु मेरो ठुलो गल्ति भएछ
कुकुर धपाएर पिँढीमा बस्न मात्र के लागेको थिए
त्यति नै बेला साहुनी गर्जिदै आइन्
कामको तालिका पढेर सुनाइन् ।
अनि फेरी मलाई याद आयो
म गरीब हो।
मैले एकपटक बिर्सिन खोज्दा मान्छेहरु मलाई
हजार चोटि सम्झाइदिन्छन्
खाटो बसिसकेको घाउ पटक पटक बल्झाईदिन्छन्
बाटो हिन्दा भन्छन् उ त्यो गरीब हो।
कसैको मा काम गर्न जादा भन्छन् त्यो गरीब हो ।
हो म गरीब नै हो
मेरो नाम पनि गरीब
पहिचान पनि गरीब अब प्रत्येक भेटमा
दिल खोलेर भन्ने छु सबैलाई
हो हो म गरीब हो,
महोदय म गरीब हो।