चीनको त्यो ‘माओरेल’, यो ‘बुलेट ट्रेन’

चेतनाथ आचार्य
नेपालको छिमेकी मुलुक चीनले रेल कुदाएको १५५ वर्ष बितिसक्दा पनि नेपालीको रेल चढ्ने सपना अझै साकार हुन सकेको छैन। नेपाल र चीनबीचका हिमाल छिचोलेर चिनियाँ रेल नेपालमा गुड्ने सपना साँचेको पनि ५ वर्ष नाघिसकेको छ।

नेपाली सञ्चारमाध्यममा सबैभन्दा रुचाइने सामग्री नै रेलसम्बन्धी हुने गरेका छन्। आजको लेखोटमा चाहिँ चिनियाँ रेलका केही रोचक पक्ष साथै माओ चतुङको निजी रेलबारे केही जानकारी दिने प्रयास गरेको छु।

१ लाख ४६ हजार किलोमिटरको चिनियाँ रेलवेलाइन विश्वको दोस्रो ठूलो सडक सञ्जाल हो। चीनमा हाल ३८ हजार किलोमिटर उच्च गतिको रेलवे लाइन छन्। विश्वमा सञ्चालित उच्च गतिको रेलवे सेवामा चीनले मात्र ८० प्रतिशत हिस्सा आगेटेको छ।

चीनमा रेलको इतिहास निकै रोचक छ। छिङ राजवंशको अन्त्यतिर सन् १८६५ मा राजमाता छिसी चीनको शासक थिइन्। त्यतिबेला बेइजिङमा ६ सय मिटरको छोटो रेलमार्ग निर्माण भएको थियो। त्यो नै चीनको पहिलो रेलमार्ग मानिन्छ। रेलवेको निरीक्षण गर्न राजमाता छिसी घोडाले तान्ने टाँगामा बसेर गएकी थिइन्।

 

प्रकाशित मिति: : 2021-01-21 19:34:00

प्रतिकृया दिनुहोस्