काठमाडौं उपत्यकालगायत देशभर पछिल्लो समय झ्याप-झ्याप बत्ती जाने क्रम बढेको छ। बत्ती जानेबित्तिकै धेरैलाई एउटा नाम सम्झनामा आउँछ- कुलमान घिसिङ। घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्।
उनकै समयमा नेपालमा लोडसेडिङ हटेको थियो। घिसिङको चुस्त व्यवस्थापन र काममै खटिने शैलीले पनि त्यतिबेला खुबै तारिफ कमायो।
पछिल्लो समय फेरि बिजुलीको लाइन जान थालेको छ। बत्ती जाने बित्तिकै कति फेरि लोडसेडिङ त हुन लागेको हैन भन्ने संशय सामाजिक सञ्जालमा देखिन्छ। घिसिङ अहिले बिजुली जानुमा दुई समस्या रहेको बताउँछन्। पहिलो व्यवस्थापनको कमजोरी र दोश्रो प्राविधिक कारण। उनी बत्ती जाने बित्तिकै तत्कालै काम गर्ने प्रवृति हटेको र विद्युत प्राधिकरणमा 'चेन अफ कमाण्ड'को समस्या रहेको बताए। त्यस्तै पावरहाउस बन्द भए लोडसेडिङ गर्ने अवस्था आउन सक्ने बताए। त्यसका लागि पनि विद्युतको आपूर्ती तर्फ व्यवस्थापन गर्ने कौशल आवश्यक रहेको बताए।