गुजरातमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

भारतको गुजरातमा एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढ्दा १३ जनाकाे मृत्यु भएकाे छ।

सुरतस्थित कोसाम्बा भन्ने स्थानमा साेमबार राति किम-मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक ट्रकले किचेर १३ मजदुरकाे मृत्यु भएको हाे।

प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। 

 ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: : 2021-01-19 09:13:00

प्रतिकृया दिनुहोस्