सुनको मूल्यमा सामान्य गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो। 

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ। 

प्रकाशित मिति: : 2021-01-18 11:39:00

प्रतिकृया दिनुहोस्