बौद्धका ‘एल्लो’ चोर!

आयोमेल

काठमाडाै‌ं

सुजन पन्त 

विगत १० महिनायता काठमाडौंको बौद्ध क्षेत्रका स्थानीय आफ्नो घर छाडेर बाहिर जान सक्दैनथे। कारण थियो – चोरको बिगबिगी! 
बाहिर निस्कियो कि घरमा भएको पहेंलो धातु सुनका गहना चोरी भइहाल्थ्यो। दिउँसै हुने चोरीबाट बौद्ध प्रहरी समेत सधैं तनावमा थियो। 

चोरी नियन्त्रणको लागि प्रहरीले कुनै काम गर्न नसकेको भन्दै दैनिकजसो गुनासो आउने गथ्र्यो। जनताको जिउधनको सुरक्षा दिनु नेपाल प्रहरीको कर्तव्य पनि हो। 

१० महिनाको अवधीमा ३० ठाउँमा भन्दा बढी चोरी भइरह्यो। प्रहरी चोरीमा संलग्न व्यक्तिको खोजीमा रातदिन नभनी परिचालित हुन्थ्यो। तर, पनि चोरको सुइँको समेत प्रहरीले पाउँदैन्थ्यो।

पुसको तेस्रो साता बौद्ध गुम्बाको ठिक पछाडि खिलबहादुर गुरुङ बस्ने गरेको डेरामा चोरी भयो। गुरुङको डेराबाट २९ हजार नगदसहित अन्दाजी ५ तोला सुनको गहना चोरी भयो।

प्रकाशित मिति: : 2021-01-17 15:56:00

प्रतिकृया दिनुहोस्