काठ अभावले माथि उठ्नै सकेन रातो मच्छिन्द्रनाथको मन्दिर (तस्बिरसहित)

बाह्रखरी

काठमाडाै‌ं

 कविराज कार्की

करिब पाँच वर्षअघि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीले नै शिलान्यास गरेको मन्दिर अब चाँडै बन्छ भन्ने सबैलाई लागेको थियो । तर, सोचेभन्दा विपरीत भएको छ ।

सरकारले नै काठमाडौंमा काठ आउने क्षेत्रबाट काठ ल्याउन नदिएपछि निर्माण कार्यले गति लिन सकेको छैन । मन्दिर पुनर्निर्माण गर्न विभिन्न आकारका काठ चाहिने भएकाले समस्या परेको जनाइएको छ ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पमा क्षति भएको मन्दिरको पुनर्निर्माण अहिलेसम्म हुन नसकेको हो । मन्दिर श्रीलंका सरकारको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने भनिएको थियो । तर, पुनर्निर्माणमा कसैले पनि चासो देखाएनन् । त्यसपछि ०७७ असार २० गते क्षमापूजा गरेर २२ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच पुनर्निमाणसम्बन्धी सम्झौता भयो । तीन करोड २१ लाख रुपैयाँमा सम्झौता भएर काम अघि बढेको थियो ।

प्रकाशित मिति: : 2021-01-17 15:48:00

प्रतिकृया दिनुहोस्