युवालय नामक संस्थाले १ सय ३८ घर परिवारलाई करिब ३ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ।
वीरगञ्ज महानगरपालिकाको समन्वय तथा इम्प्रुभिङग लाईभ्स इन नेपालको आर्थिक सहयोगमा युवालयले वीरगञ्ज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मी र २९ बसडिलवाका १ सय ५० परिवारलाई राहत सामग्री वितरण गरेको हो।
उदयपुरघुर्मीका ८८ जना र बसडिलवाका ५० परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिए।
प्रतिपरिवार १५ केजी चामल, १ केजी मसुर दाल, रहरको दाल १ केजी, चना १ केजी, १ लिटर तेल, १ केजी नुन, १ केजी मकै, नुहाउने र कपडा धुने साबुन १/१ पिस, शिशुहरुको लागि लिठो १ प्याकेटसहितको राहत प्याकेज वितरण गरिएको हो।