सरकारको डिजिटल नेपाल, तयारी अभावमा डाटा सुरक्षा चुनौती बढ्यो

शिलापत्र

काठमाडाैं

११ मंसिर २०७५ मा नयाँ युगको सुरुवात भयो भनेको केपी ओली नेतृत्वको सरकारले करिब २ वर्ष २ महिनापछि भनेको छ 'सुरु भयो डिजिटल नेपाल...।' नयाँ युगको सुरुवात सामाजिक सुरक्षाका योजना सार्वजनिक गरी गरेको थियो भने डिजिटल नेपालको सुरुवात 'नागरिक एप' सार्वजनिक गरेर गरेको छ ।

प्रयाप्त तयारी नै नगरी सुरु  गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षाको योजनाकै अवस्थामा डिजिटल नेपाल बनाउन सुरु गरिएको 'नागरिक एप' पनि पर्ने होकी भन्ने शंका उत्पन्न भएको छ । किनकि प्रयाप्त तयारी नगरी सरकारले एप सार्वजनिक गरेको छ, जसले गर्दा नागरिकको डाटा दुरुपयोग हुन सक्ने शंका विज्ञहरूले व्यक्त गरेका छन् । 

'नागरिक एपलाई बेटा भर्सनमा सार्वजनिक गरेर सरकारले 'सुरु भयो डिजिटल नेपालको यात्रा...' भनेको छ । सरकारी मुखपत्र गोरखापत्रमा २ पेज विज्ञापनले भरिएको छ । प्रधानमन्त्री ओलीका शब्द छ 'हरेक नेपालीलाई सूचना प्रविधिसँग जोड्नु प्राथमिक दायित्व हो, नागरिक एप यसैको कडी हो' । सञ्चारमन्त्री पार्वत गुरूङ भन्छन् 'अब लाइन होइन अनलाइनबाट सरकारी सेवा लिनको लागि नागरिक एप ।' 

प्रकाशित मिति: : 2021-01-17 08:15:00

प्रतिकृया दिनुहोस्