प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर एक व्यक्ति पक्राउ परेका छन्।
पाँचथरको फिदिम नगरपालिका ९ घर भई गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती बस्ने ५० वर्षीय सन्वीर राईलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार राति राईले किशोरीलाई जबरजस्ती करणी गरेका आराेप छ। घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।