टेकनारायण रिमाल ‘कौशिक’
१- कलम (मुक्तक)
हरकलमले साँचो झुटो लेख्न सक्नुपर्छ
हरविधाले ठीक बेठीक देख्न सक्नुपर्छ
खालि विषाक्त मसी वाक्ने कलमलाई चाहिँ
हरहातले टुक्रा टुक्रा पारी फेंक्न सक्नुपर्छ।
२ - कतै दीया बले कतै मुटु जले
हिजोको कुरा अर्कै थियो त्यो कुरा आज छैन
मनमा चाहना भएपनि चाहेर हुँदैन
फेवा र माछापुच्छ्रेको जोडी नैसर्गिकै रै'छ
प्रीतिमा धौलागिरीले आँसु पारेर रुँदैन।
३ - संत्रास
भयो मगज मान्छेको कालो रातो भयो जगत
जताततै ढले लाश खोलोतुल्य बह्यो रगत
कता धर्म कता कर्म कता देव कता गुरु
प्रायःमानिसको सोच ढुङ्गा माटो भयो फगत।
४ - तीन सिजो (सिजो)
श्रद्धालु सज्जनका नज़रमा छारो हाल्ने
ती साधु बिरालाहरूमा दुराचार पाएँ।
नचाहिँदो ठाँट-बाँट विलासका चाहना
लोकमा प्राय: जताततै कामाचार पाएँ।
मञ्चमा चढ़ी प्रशंसाका करताल बीच
अभिमानको बोझा बोक्ने कलाकार पाएँ।
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया