टेकनारायण रिमाल ‘कौशिक’
१- कलम (मुक्तक)
हरकलमले साँचो झुटो लेख्न सक्नुपर्छ
हरविधाले ठीक बेठीक देख्न सक्नुपर्छ
खालि विषाक्त मसी वाक्ने कलमलाई चाहिँ
हरहातले टुक्रा टुक्रा पारी फेंक्न सक्नुपर्छ।
२ - कतै दीया बले कतै मुटु जले
हिजोको कुरा अर्कै थियो त्यो कुरा आज छैन
मनमा चाहना भएपनि चाहेर हुँदैन
फेवा र माछापुच्छ्रेको जोडी नैसर्गिकै रै'छ
प्रीतिमा धौलागिरीले आँसु पारेर रुँदैन।
३ - संत्रास
भयो मगज मान्छेको कालो रातो भयो जगत
जताततै ढले लाश खोलोतुल्य बह्यो रगत
कता धर्म कता कर्म कता देव कता गुरु
प्रायःमानिसको सोच ढुङ्गा माटो भयो फगत।
४ - तीन सिजो (सिजो)
श्रद्धालु सज्जनका नज़रमा छारो हाल्ने
ती साधु बिरालाहरूमा दुराचार पाएँ।
नचाहिँदो ठाँट-बाँट विलासका चाहना
लोकमा प्राय: जताततै कामाचार पाएँ।
मञ्चमा चढ़ी प्रशंसाका करताल बीच
अभिमानको बोझा बोक्ने कलाकार पाएँ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया