न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूले नभेटेको बताएका छन्।

शनिबार नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै ओलीले न्यायाधीशलाई आफूले कहिल्यै नभेटेको जिकिर गरे। ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’- उनले भने।

सपना प्रधान मल्ललाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको तर, अरुलाई अहिलेसम्म नदेखेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाको सुनुवाइ हुने क्रममा शुक्रबार न्यायाधीशलाई भेटेको भन्दै विभाजित नेकपा नेतृ शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्।

प्रकाशित मिति: : 2021-01-16 16:29:00

प्रतिकृया दिनुहोस्