‘स्वयम्भू, पशुपतिमा बाँदरलाई मकै बाँडे जसरी ओलीले केन्द्रीय सदस्य बाँडे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले ओली समूहले गरेको केन्द्रीय कमिटी विस्तारप्रति कटाक्ष गरेका छन् ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओली समूहले बाँदरलाई मकै बाँडेको जसरी केन्द्री कमिटी सदस्य बनाएको बताए । "स्वयम्भू, गुह्‍येश्‍वरी र पशुपतिमा बिहान भक्तजनहरुले बाँदरलाई मकै बाँडेजसरी उहाँहरु बाटोबाटोमा केन्द्रीय सदस्य बाँडिरहनुभएको छ,’’ उनले भने ।

प्रकाशित मिति: : 2021-01-15 18:34:00

प्रतिकृया दिनुहोस्