जनताले पूर्वमन्त्री चौधरीलाई नेतागिरी मात्रै होइन केही काम पनि गरेर देखाऊ भनेपछि...

सविता बुढा

सुदूरपश्चिमको राजनीतिमा रामजनम चौधरी चिनिएको नाम हो।

२०१७ सालमा कैलालीको जोशीपुर गाउँपालिका-४ मा जन्मेका चौधरी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी धेरै पटक सांसद र मन्त्री भइसके।

लामो समयदेखि राष्ट्रिय राजनीतिमा रहेका पूर्वमन्त्री चौधरी अहिले प्रायः आफ्नै रिसोर्टमा भेटिन्छन्।

आफैंले थालेको थारू फुडल्याण्ड रिसोर्टले उनलाई गाउँमै व्यस्त बनाइरहेको छ।

स्कुले जीवनदेखि नै राजनीतिमा होमिएका चौधरीले अहिले ६ करोडको लगानीमा रिसोर्ट खोलेर व्यवसाय गरिरहेका छन्।

जन्मेकै गाउँमा गत चैतमा उनले थारू फुडल्याण्ड सञ्चालनमा ल्याएका छन्।

‘जनताले यसपटक तिमी गाउँतिरै बस भनेर चुनाव जिताएनन्, यसलाई जनताले दिएको सुझाव मानेर मैले आफ्नै कन्सेप्टले गाउँमै फुडल्याण्ड खोलेको हुँ,’ उनले भने।

प्रकाशित मिति: : 2021-01-14 16:46:00

प्रतिकृया दिनुहोस्