काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेकजाँच गर्नेक्रममा बिहीबार उनी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए।
उनको साथबाट लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको छ।
पक्राउ परेका गहतराजमाथि लागूऔषध नियन्त्र) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।