प्रवक्ता शर्माको टिप्पणी : कोरोना खोप ल्याउन चन्दाको विज्ञापन, अर्कोतिर चुनाव घोषणा !

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको जीवन रक्षाभन्दा भोटको अपेक्षा प्रधान हुने सत्ता जनताको नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले सरकारले एकातिर कोरोनाको खोप ल्याउन चन्दा माग्दै सार्वजनिक सूचना निकालेको र अर्काेतिर चुनाव घोषणा गरेकोप्रति टिप्पणी गरेका हुन् ।

प्रवक्ता शर्माले लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रूपले चन्दाको विज्ञापन छाप्छ । भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ । जनताको जीवन रक्षाभन्दा जनताको भोट अपेक्षा जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय !’

प्रकाशित मिति: : 2021-01-14 11:03:00

प्रतिकृया दिनुहोस्