मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि प्रदेशमा नयाँ समीकरण अनिवार्य निर्णायक अवस्थामा रहेको कांग्रेस ‘पर्ख र हेर’को रणनीतिमा

संसद् विघटनसँगै सत्तारुढ दलमा आएको विभाजनले प्रदेश सरकारमा नयाँ समीकरणको खेल सुरु भएको छ । प्रदेश १ र बागमती प्रदेशमा नेकपा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकारमा नयाँ समीकरण अनिवार्य भएको छ । यी दुवै प्रदेशमा प्रधानमन्त्री केपी ओलीनिकट नेता मुख्यमन्त्री छन् । 

विभाजित नेकपाका दुवै समूहले कांग्रेसको साथ खोजेका छन् । तर, नयाँ समीकरणमा निर्णायक मानिएको कांग्रेस अझै स्पष्ट छैन, उसले ‘पर्ख र हेर’को रणनीति लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरू नेकपाको ओली समूहसँग, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह नेकपाको प्रचण्ड–नेपाल समूह र प्रकाशमान सिंहलगायतका नेताहरू आफ्नै नेतृत्वमा कांग्रेसले सरकार बनाउनुपर्ने पक्षमा छन् । 

प्रकाशित मिति: : 2021-01-13 09:32:00

प्रतिकृया दिनुहोस्