अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा आपतकाल घोषणा गरेका छन्।
ह्वाइट हाउसका अनुसार त्यहाँ जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरिएको हो।
ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो वाइडेनको शपथ समारोह (जनवरी २०) प्रभावित हुने देखिएको छ।
ट्रम्पका सयौं समर्थकहरूले बुधवार अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए।
ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए।
ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको छ।
महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कलबारे पनि उल्लेख छ।