सप्तरीमा छाडा साढेले हानेर एक महिलाको मृत्यु भएको छ।
सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ की ८० वर्षीय दुर्गीदेवी साहको मृत्यु भएको हो।
घर अगाडि हिँडिरहेकाे बेला साढेले पछाडिबाट हान्दा साह घाइते भएकी थिइन्।
उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।