भारतका ९ राज्यमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

छिमेकी देश भारतका विभिन्न राज्यमा बर्ड फ्लूको सङ्क्रमण तिब्र रुपमा देखिन थालेको छ। 

अहिलेसम्म यहाँका ९ राज्यमा बर्ड फ्लूको पुष्टि भएको केन्द्र सरकारको पशुपालन विभागले जानकारी दिएको छ।

दिल्ली, महाराष्ट्र, केरला, राजस्थान, मध्य प्रदेश, हिमाचल, हरियाणा, गुजरात र उत्तर प्रदेशमा बर्ड फ्लूको उच्च जोखिम दिनानुदिन बढिरहेको बताइएको छ। 

केन्द्र सरकारले यीसँगै अन्य राज्यहरुलाई पनि सतर्क रहन निर्देशन जारी गरेको छ। देशभर उच्च सावधानी अपनाउनु आवश्यक रहेको पशुपन्छी विज्ञहरूले बताएका छन्। 

केन्द्रीय राजधानी दिल्लीमा पहिले नै बर्ड फ्लू फैलिने डरले कुखुराको मुख्य बजारहरु १० दिनका लागि बन्द गरिएको थियो। 

भारतमा सन् २००६ मा पहिलोपटक बर्ड फ्लू फैलिएको थियो।

प्रकाशित मिति: : 2021-01-11 16:43:00

प्रतिकृया दिनुहोस्