‘दर्शक डराएका होइनन्, नयाँ चलचित्र नलागेका हुन्’

बाह्रखरी

काठमाडाैं

काठमाडौं । सिनेमा घर सञ्चालकहरुले कोरोना संक्रमणको त्रासका कारण दर्शक हलमा नआएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । हलमा आएका दर्शकसँगको कुराकानीले पनि यो पुष्टि भएको उनीहरुको भनाइ छ । 

राम्रो चलचित्र रिलिज नहुनु नै दर्शक हलमा नआउनुको मुख्य कारण रहेको हल सञ्चालकहरु बताउँछन् । “दर्शक कोरोनाको त्रासले हल नआउनु भएको होइन । हामीले दर्शकसँग कुरा गर्दा पनि कोरोनाको डरलेभन्दा राम्रो चलचित्र नभएकाले नै नआएको बताइरहनुभएको छ,” क्यूएफएक्स चेनका मुख्य कार्यकारी अधिकृत रोशन अडिगा भन्छन् । 
राम्रो चलचित्र आएपछि दर्शक पनि आउने हल सञ्चालकको विश्वास छ । हल खुलेको अहिलेको अवस्थामा सुरुमा मास अडियन्सलाई ‘अपिल’ गर्न सक्ने ठूलो ब्यानरको अथवा राम्रो चलचित्र रिलिज हुनुपर्नेमा उनीहरुको जोड छ । 

सिनेमा हल सञ्चालक तथा वितरक गोपालकाजी कायस्थ राम्रो चलचित्र रिलिज भएको खण्डमा सिनेमा हलमा दर्शकको भिड लाग्ने बताउँछन् । “दर्शक डराएको होइन चलचित्र नभएको हो । अहिले पनि एक/डेढ सय दर्शक हलमा आइरहनुभएकै छ । बजार हेर्दा पनि यो स्पष्ट हुन्छ, कोरोनाको त्रास खासै देखिएको छैन,” उनी भन्छन् । 

प्रकाशित मिति: : 2021-01-11 15:22:00

प्रतिकृया दिनुहोस्