राज्यको ढुकुटीमा मुख्यमन्त्रीको रजाइँ: ६ वटा गाडी, साढे २ लाखको मोबाइल, लाख–लाखका पलङ !

अजय अनुरागी

जनकपुरधाम

राज्यको ढुकुटीबाट ६ वटा गाडी (काठमाडौं र वीरगञ्जमा जगेडा), साढे २ लाखको आइफोन ११ प्रो म्याक्स, निवासैपिच्छे लाख–लाखका पलङ, काठमाडौं र जनकपुरमा २ लाख ८० हजार पर्ने २ थान ट्रेडमिल, वाशिङ मशिन, फ्रिज... विलासिताका सामान कति हो, कति ।

कोरोना महामारीका सिंगो देशको अर्थतन्त्र चपेटामा परेका बेला २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यको ढुकुटीबाट खरिद गरी प्रयोग गर्दै आएका सामान हुन्, यी ।

सिंगो प्रदेश गरीबीको चपेटामा रहेको र हजारौं नागरिक बेरोजगार भएका बेलामा मुख्यमन्त्री राउतले भने राज्यकै ढुकुटीबाट विलासिताका महंगा–महंगा सामान खरिद गरेका छन् ।

नागरिकले तिर्ने राजस्वबाट प्राप्त सरकारी सम्पत्तिमाथि उनको मोह यतिसम्म बढेको छ कि उनको जीवनशैली कुनै राजा–महाराजाको भन्दा कम छैन । पूर्णरूपमा राजशी ठाँट देखिएको छ । 

प्रकाशित मिति: : 2021-01-11 13:53:00

प्रतिकृया दिनुहोस्