पौडेल बोल्दाबोल्दै बीचैमा देउवाले भने- म पनि ज्युँदै छु

सेतोपाटी

काठमाडाैं
Breaknlinks
Breaknlinks

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ।

तर कांग्रेसका निर्णयहरू तथा विज्ञप्तिहरूमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द राखेको भेटिँदैन।

प्रधानमन्त्रीको कदम सच्याउन सडक संघर्षमा जाने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरे पनि कांग्रेसभित्र दुइटा मत अहिले पनि देखिन्छ।

अहिले नै आन्दोलनमा जाने कि अदालतको आदेश पर्खने भन्ने मतभेद जारी छ।

आन्दोलनमा जानुपर्छ भन्नेहरूले सडकबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्नु पर्नेमा जोड दिइरहेका छन् भने अदालतको आदेश पर्खौं भन्नेले उस्तै परे चुनावमा जानुपर्छ मत राखेका छन्।

देशका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गरेको भोलिपल्ट आइतबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत नेता एकै कार्यक्रममा सहभागी थिए।

देउवानिवास बुढानिलकण्ठमा भएको सूर्यप्रसाद उपाध्यायबारे लेखिएको किताब विमोचन कार्यक्रममा महामन्त्री कोइरालाले अहिलेको राजनीतिक अवस्थाबारे खासै बोलेनन्। उनीपछि बोलेका वरिष्ठ नेता पौडेल र सभापति देउवाबीच भने केही विषयमा फरक मत रह्यो।

प्रकाशित मिति: : 2021-01-10 17:08:00

प्रतिकृया दिनुहोस्